Logo

पत्रकार गाउँले र राससकर्मी सम्मानित


पाँचथरको फिदिममा मङ्गलबार आयोजित एक कार्यक्रमकाबीच दुई जना पत्रकारलाई सम्मानित गरिएको छ ।Capture स्वतन्त्र सेनानी पत्रकारिता पत्रकार पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष तथा सिआइजीका सम्पादक शिव गाउँले र राससका पाँचथर संवाददाता जितेन्द्र भण्डारी हरिचरण–भद्रमाँया पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पु¥याएको भन्दै गाउँलेलाई ११ हजार १११ रुपैयाँ र जिल्लामा वातावरणीय क्षेत्रमा अमूल्य योगदान पु¥याएको भन्दै भण्डारीलाई पाँच हजार ५५५ रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ शाखा पाँचथरले स्थापना गरेको हो भने स्वर्गीय हरिचरण भद्रमाँया पत्रकारिता पुरस्कार फिदिम–१ का व्यवसायी नरेन्द्र अधिकारीले बुबाआमाको नाममा स्थापना गर्नुभएको हो । सभासद् तथा उद्योग वाणिज्य हित सम्बद्र्धन संसदीय समितिका सभापति भीष्मराज आङदेम्बेले सम्मानसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्