Logo

अब ४५ मिनेटमा तानसेन–बुटबल : उद्योग मन्त्री


उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले बजेटले विकासलाई तीव्र गति दिएको बताउनुभएको छ । उहाँले पूर्वाधार निर्माणका लागि आएको यस बजेटले आर्थिक अराजकता नल्याउने बताउनुभएको छ । downloadनेकपा (एमाले) पाल्पाले आव २०७३÷७४ को वार्षिक बजेट विषयक अन्तरक्रियामा मंगलबार उहाँले बजेटले सबै क्षेत्रलाई समेट्नु दुरुपयोग नभएको बताउनुभयो । उहाँले सडक, पुल, सिँचाइ लगायतका विकास पूर्वाधार निर्माणले मात्र आमूल परिवर्तन सम्भव भएको बताउनुभयो । पहिले बाँदर हिँड्ने भिरमा अहिले गाडी गुड्न सम्भव भएजस्तै गरी नेपालमा रेल पनि त्यसरी नै गुड्ने उहाँले बताउनुभयो । उहाँले तानसेन–बुटबल सडक अब ४५ मिनेटमा नै यात्रा गर्न सकिने गरी बजेट विनियोजन भएको जानकारी गराउनुभयो । अब घुम्ती काटेर छिटो र सुरक्षित यात्रा बनाउने गरी बजेट विनियोजन भएको बताउनुभयो । तानसेनको खानेपानीका लागि बजेट विनियोजन भएपछि यहाँको खानेपानीको समस्या हट्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्