Logo

शान्ती समाज दाङ शाखाले स्थापना दिवस मनाइयो


सुरेश श्रेष्ठ तुलसीपुर, १९ जेठ ,
मानव अधिकार तथा शान्ति समाज दाङले आफनो २० औ स्थापना दिवस बुधवार मनाएको छ । दिवसका अवसरमा दाङमा प्रभात फेरी र अन्तरक्रिया कोण सभा गरेर दिवस मनाएको हो । २०५३ जेठ १९ गते शान्ति, अहिंसा, सद्भाव र सहिष्णुता भन्ने नाराका साथ स्थापना गरिएको शान्ति समाजले लोकतान्त्रको स्थागत बिकास, मानव अधिकारको संरक्षण र बिधिको शासनलाई आत्मसाथ गर्नुपर्ने भन्दै ऐतिहासीक कार्यक्रम तथा अभियान गर्दै आईरहेको छ ।

13334683_1076024699125738_432562336_o स्थापना दिवसको अवसरमा शान्ति समाज दाङ शाखाले बिहान प्रभाबत फेरी पछी कोण सभा कार्यक्रम गरेको छ । आज बुधबार बिहान तुलसीपुरको गुम्राचौकबाट शुरु भएको प्रभातफेरीले बजार परिक्रममा गरि बिपी चौकमा कोण सभामा परिणत गरिएको थियो । शाखा सभापति सुरेश कुुमार श्रेष्ठको सभापतित्वमा आयोजित कोण सभामा केन्द्रिय सदस्य सुशील बस्नेत, पुर्ब केन्द्रिय सदस्य निर्मल नेपाली, नेपाली काग्रेसका नेता तथा क्षेत्रीय सभापति बसन्त देबकोटा, शाखाका पुर्ब सभापति महेन्द्र लामिछाने, तुलसीपुर नगर जेसीसका निर्बतमान अध्यक्ष झरेन्द्र खरेल, अपाङता भएका ब्यक्तीको तर्फबाट यज्ञ बिक लगायतले स्थापना दिवसको अबसरमा शुभकामना दिनुभएको थियो । शाखा सदस्य उषा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सदस्य नविन पोख्रेलले धन्यबाद र सहजीकरण सहसचिब निर्मला योगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्