Logo

फिर्ता भएन सगरमाथा सिमेन्ट


१९ जेठ
नेपाल नापतौत तथा गुुणस्तर विभागले उद्योगलाई पत्र काटेर सरगरमाथा ओपिसी सिमेन्ट गुणस्तर हिन भेटिएकोले उत्पादन रोकी उत्पादित सिमेन्ट वजारबाट फिर्ता लिने दिएको निर्देशन उद्योगले अटेरी गर्दे आएको छ । चैत ३० गते विभागले पत्र काटेर दाङको घोराही सिमेन्ट उद्योगलाई कानुनी कारवाहीको समेत चेतावनी दिएको छ । तर उद्योगले त्या चिठिको अहिले सम्ममा कुनै कार्यान्वयन गरेको छैन । 13336279_1075453499182858_1206848598_n
माघ महिला उद्योगले उत्पादन गर्ने सिमेन्टको गुणस्तर चेकजाच गर्दा गुुणस्तर नपुुगेको र गुणस्तर हिन भएको भन्दै उत्पादन रोकी वजारको सामान फिर्ता नि र विक्रीवितरण रोक्न निर्देशन दिएको थियो । अहिले समम उद्योगले उत्पादन गरेको सगरमाथा ओपिसी सिमेन्ट उत्पादन पनि रोकीएको छैन भने वजारमा पनि विक्रीवितरण कायमै राखिएको छ । विभागको निर्देशन उद्योगले अटेर गरेका छ । स्थानीय सगरमाथा सिमेन्टका विक्रेताहरुले आफुहरुलाई यस विषयमा उद्योगले कुनै पनि जानकारी नदिएको वताएका छन । व्यवसायी केवल खडकाले नियमित रुपमा सिमेन्ट विक्री गरिहरको र उद्योगले फिर्ताको वारेमा कुनै जानकारी नदिएको वताउनुभयो ।
उहाले आफुुहरुले सिमेन्ट बेचिरहेको र कुनै पनि प्रकारले विक्रीवितरण रोक्ने वारेमा जानकारी नभएको वताउनुभयो । हामीलाई यस विषयमा कुनै जानकारी छैन एक व्यवसायीले भने नियमित रुपमा बेचिनै रहेका छौ, उद्योगले पनि पठाइ रहेको छ । हामीले विक्रि रोकेका छैनौ । स्थानीय सिमेन्ट व्यवसायी सुनिल आचार्यले वताउनुभयो । उद्योगले गुुणस्तरहिन सिमेन्ट वजारमा पठाउदा उपभोक्ता समेत मारमा रहेका छन । उपभोक्ताहरुलाई उद्योगले ठगेर पठाएको सिमेन्ट प्रयोग गर्दा आफुहरु समस्यामा रहेको उपभोक्ताहरुले वताएका छन । उनीहरुले सगरमाथा सिमेन्ट प्रयोग गरेर निमार्ण भएका घरको सुरक्षाको चिन्ता भएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्