Logo

कम्युनिष्ट केन्द्र रोल्पामा पनि काँग्रेस निकट युनियन विजयी


रोल्पामा आज सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी  युनियन संघ ५२ मत अन्तरले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । जस अन्तर्गत नेपाल निजामती कर्मचारी युनयन संघले १४२, नेपाल निजामती कर्मचारी संगठनले ९०, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले  ६६ ,राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ३, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ६ र राष्ट्रिय कर्मचारी संगठनले ० मत प्राप्त गर्न सफल भएका छन् ।rolpa-congress.jpg
 कूल  ३ सय ३६ मतदाता रहेको निर्वाचनमा ३ सय १९ मत खसेको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जनाकारी दिए । उनका अनुसार १२ मत बदर भएको थियो । निर्वाचनमा २ सय ९५ पुरुष र २४ महिला मतदाताले मतदान गरेका थिए । साँझ करिव सवा ५ बजेदेखि मतगणना शुरु भएपनि करिव ७ बजे मतगणना कार्य सम्पन्न भएको हो । मतगणना कार्य सकिए लगत्तै बाँकी रहेका मतपत्र, निर्वाचनमा प्रयोग भएका मतपत्र  र अर्धकट्टीहरु शिल छाप गरी हाललाई शिल छाप गरी जिल्ला प्रहरी कार्यालय रोल्पामा जिम्मा लगाइएको छ भने यथासिघ्र प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिंहदरबार काठमाण्डौंमा पठाइने नेपालीले बताए । यसैवीच नेपाल निजमती कर्मचारी युनियन संघ रोल्पाका आधिकारिक ट्रेड युनियन प्रचार प्रसार समितिका संयोजक मदन गौतमले निर्वाचनमा सबैको जित भएको बताए । उनले निर्वाचन शान्त, सभ्य एवम् सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुराउने सम्पूर्ण कर्मचारी संघ संगठनका साथीहरुलाई धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया दिनुहोस्