Logo

लियो क्लब अफ चितवन बिरेन्द्रनगर गठन


लियो बिरेन्द्रनगर मा कालाखेती;-पुर्वीचितवनको बिरेन्द्रनगरमा आज लियो क्लब अफ चितवन बिरेन्द्रनगर गठन गरिएको छ ।13335272_913016485487129_1346782323_n लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरको भातृसंस्थाको रुपमा रहने गरि लियो क्लब गठन भएको हो।नयाँ गठन गरिएको क्लबको अध्यक्षमा प्रकाश कालाखेती चयन भएका छन् । त्यस्तै सचिवमा सुबास सापकोटा तथा कोषाध्यक्षमा इन्दिरा उप्रेती सर्ब सहमति बाट मनोनीत भएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल का जोन चेयरपर्सन निरज श्रेष्ठ प्रमुख अतिथी रहेको सो कार्यक्रममा लियो क्लब इन्टरनेशनल ३२५ बि २ को डिष्ट्रीक्ट प्रेसिड़ेनट अमित गुप्ता , लियो क्लब इन्टरनेशनल ३२५ बि २ को कोषधायक्ष सूजन पाण्डे,लियो चितवन ईस्ट को प्रेसिडेण्ट अभिषेककृष्ण पाठक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरको अध्यक्ष राजकुमार कंडेल को अधयक्षता मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्