Logo

न्यायाधीशविरुद्धको रिटमा पेसी नचढाएकोमा देउवाको आपत्ति


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध दायर भएको रिट निवेदन पेसीमा नचढाउने कार्य उचित नभएको बताएका छन् ।16052016041019Sher-B-Deuba-1000x0सभापति देउवाले नेपाली कांग्रेसका शीर्ष नेता र कांग्रेस समर्थित कानुन व्यवसायीहरुबीच भएको बैठकमा सिफारिसमा भएका ११ जना न्यायाधीशविरुद्ध परेको रिट निवेदन लामो समयसम्म पनि पेसीमा नचढाउने कार्य उचित नभएको बताएका आजको नेपालसमाचारपत्र दैनिकमा समाचार छ ।लगातार तीन दिनदेखि सर्वोच्च अदालतमा एकल इजलास गठन नभएका कारण सो रिट निवेदनलगायतन अन्य महत्वपूर्ण मुद्दाको प्रारम्भिक सुनुवाइ हुन सकेको छैन ।न्यायापरिषदबाट सिफारिस भएका ११ न्यायाधीशविरुद्ध रिट निवेदन परेका कारण एकल इजलाश गठन नभएको दाबी गरेतापनि अदालतका कर्मचारीहरु भने प्राविधिक कारणले इजलाश गठन नभएको बताउने गरेका छन् ।सर्वोच्च अदालतमा आइतबारदेखि मंगलबारसम्म एकल इजलास गठन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्