Logo

मुग्लिन सडक बिहानदेखि सञ्चालनमा


पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।timthumbराति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उक्त खण्डअन्तर्गत चण्डिभञ्याङ–६ स्थित कालीखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहानदेखि बाटो खुला भएको हो । राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ लागेका छन् । यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्