Logo

नाइटभिजन क्यामरा भएको दुनियाकै पहिलो स्मार्टफोन


तपाइँले यस्तो स्मार्टफोनकालागि कति मूल्य चुकाउन सक्नुहुन्छ, जसबाट तपाइँले अँध्यारो रातमा पनि मज्जाले शानदार तस्वीर खिच्न सक्नुुहुन्छ ?डेनिस कम्पनी लुमिंगमले अत्यन्तै उत्कृष्ट डिजाइन तथा यूनिक फिचरका साथमा विश्वकै पहिलो यस्तो स्मार्टफोन बनाएको छ जसमा नायट भिजन क्यामरा रहेको छ ।smartphone_nightvision टि थ्री नामको यो क्यामराको मूल्य ७४० डलर तोकिएको छ ।लुमिंगम टी थ्री स्मार्टफोनमा ४ मेगापिक्सेलको नाइज भिजन क्यामरा रहेको छ । जसबाट अँध्यारोमा पनि फोटो तथा भिडियो खिच्न सकिन्छ ।यो स्मार्टफोन मरीन ग्रेड ३१६ स्टेनलेस स्टिबाट बनाइएको छ र हेार्द निकै शानदार छ । फोनमा गोरिल्ला ग्लास फोरद्धारा सुरक्षा प्रदान गरिएको छ र टिकाउपनाको लागि फाइबर ग्लास पनि राखिएको छ । स्मार्टफोन पानी तथा धूलो प्रतिरोधी रहेको बताइन्छ ।यसमा २.२ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ भने एन्ड्रोइड सिक्स मार्समेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा थ्री जिबीको र्याम तथा १२८ जिबीको स्टोरेज रहेको छ ।कम्पनीको वेबसाइटमार्फत यी मोबाइल विश्वभरबाटै खरीद गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्