Logo

लिङ्क सडक निर्माण दु्रत गतिमा


२७ जेठ ।

सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्म सडक निर्माणको कार्य दु्रत गतिमा अगाडि बढाइएको छ । सडकमा ग्राभेलिङ गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रता साथ अगाडि बढाएको हो । 33144494चालु आवमा रु ७८ लाखको लगानीमा तीन किलोमिटर सडकमा ग्राभेलिङ, चार वटा पाइप कल्भर्ट र पाँच वटा बक्स कल्भर्ट निर्माणको कार्यलाई अन्तिम चरणमा पु¥याइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताउनुभयो । कामीकाटे खोलामा पुल निर्माणको कार्य पूरा भएपछि अर्को वर्षदेखि यातायात सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । लिङ्क सडक निर्माणका लागि आव २०७३÷७४ को बजेटमा रु १५ करोड बजेटको व्यवस्था भएपछि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढ्ने भएको छ । इन्जिनियर कलौनीले आउँदो असारपछि सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभयो । आव ०६७÷६८ मा शिलान्यास गरिएको सडकको ब्रह्मदेवदेखि महेन्द्रनगरको भाँसीसम्म ट्रयाक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्रयाक खोल्न र ग्राभेलिङका लागि मात्रै रु दुई करोड ५० लाख रकम खर्च गरिएको थियो । त्यसपछि बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुन सकेको थिएन ।टनकपुरदेखि ब्रह्मदेवसम्मको तीन किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन । सडक निर्माणका लागि छ वर्षअघि नै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्