Logo

विद्युत् पुगेपछि धापुङवासी दङ्ग


२७ जेठ ।

म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् । downloadविद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् ।त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दियालो प्रयोग गर्दै आएका थिए । रु ३५ लाख ३६ हजार लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरङ्जा–९ मा पर्ने धापुङ र महेशगाउँका १०१ घरधुरी लाभान्वित भएको हो । नेपाल विद्युत् प्राधिकरण र जिविसको दश÷दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको रु आठ लाख आठ हजार लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्