हाई टाइम भइसक्याे, अब पूर्वाधारमा लगानी गर्नुपर्छ : क्याप्टेन राेहित

हाई टाइम भइसक्याे, अब पूर्वाधारमा लगानी गर्नुपर्छ : क्याप्टेन राेहित


काठमाडौं।

राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेलले क्रिकेटको विकासका लागि अब पूर्वाधारमा लगानी ढिला गर्न नहुने बताएका छन् ।

एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग उनले प्रयाप्त तयारी विना सफलता हासिल हुन नसक्ने भन्दै अब भौतिक पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताए ।

‘अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चर (पूर्वाधार)मा इन्भेस्ट (लगानी) गर्नुपर्छ । जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी।’ उनले भने ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि । प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’

यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए । विशेष गरी भारतसंग नेपालको खेलबाट आफू धेरै खुुसी भएको बताए ।

विश्वका उत्कृष्ट बलरहरुलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए। एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो।