Logo

दिल्लीमा कमल थापाले भने-भारतसँग सम्वन्ध सुधार्न राजदूतलाई फिर्ता बोलायौं


२८ जेठ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिल्ली पुगेर भारतसँग सम्वन्ध सुधारकै नेपालका तत्कालीन राजदूतलाई फिर्ता बोलाएको दाबी गरेका छन् । Kamal-Thapaसाथै उनले राजदूत फिर्ता बोलाउने क्रममा उनी र भारतीय सरकारमाथि कुनै आरोप नलगाएको जिकिर समेत गरे ।केपी ओली नेतृत्वको सरकारले हालै मात्र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको थियो ।उनलाई फिर्ता बोलाउने निर्णय गर्ने क्रममा ओली सरकार ढाल्न प्रयास गरेकोसहित तीनबुँदे आरोप लगाएको थियो । तर, तत्कालीन राजदूत उपाध्यायलाई थमाइएको पत्रमा भने केही आरोप लगाइएको थिएन ।दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता गर्न थापा शुक्रबार भारत भ्रमणमा गएका हुन् । दुई दिने भ्रमणका क्रममा दिल्ली पुगे लगतै उनी प्रेस क्लब अफ इण्डियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उपस्थित थिए ।उपप्रधानमन्त्री थापाले भारतीय सरकारले नेपालमा अस्तिरता ल्याउन खोजेको दाबी यथार्थपरक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्