Logo

स्वास्थ्य चौकीलाई रु १० लाखको जग्गा


२९ जेठ ।

पश्चिम निसीका एक दम्पतीले स्वास्थ्य चौकीका लागि रु १० लाख मूल्य बराबरको जग्गा प्रदान गरेको छ । निसी गाविस– ३ का हिराबहादुर पुन तथा उहाँकी श्रीमती कमलाले निसी स्वास्थ्य चौकीका नाममा जग्गा प्रदान गर्नुभएको हो ।Health स्वास्थ्य सेवामा गाउँका गरिब तथा विपन्न परिवारका सदस्यको सहज पहँुच पुगोस् भनेर जग्गा सहयोग गरिएको हिराबहादुरले बताउनुभयो । स्वास्थ्य संस्थाको आधुनिक सुविधासम्पन्न भवन बनाउन जग्गा आवश्यक थियो । जग्गा अभावका कारण स्वास्थ्य संस्थाको भवन बन्न सकेको थिएन । “जग्गा अभावका कारण आधुनिक सुविधासम्पन्न भवन बनाउन नसक्दा स्वास्थ्य संस्थाले प्रभावकारी सेवा दिन सकिरहेको थिएन” पुनले भन्नुभयो, ‘यस क्षेत्रका सर्वसाधारण राज्यबाट उपलब्ध हुने आरधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् भनेर जग्गा प्रदान गरेका हौँ ।’ पुन दम्पतीले चार आना दुई रोपनी तीन पैसा क्षेत्रफल बराबरको जग्गा स्वास्थ्य संस्थाको नाममा पास गरिदिएको निसी स्वास्थ्य चौकीका अहेब भूमिराज पुनले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर आगामी आवको सुरुमै भवन निर्माण प्रक्रिया सुरु गरिने बताइएको छ । भवन अभावका कारण स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोग गर्न निकै समस्या भएको थियो । निसी स्वास्थ्य चौकीबाट गाविसका वडा नं १ देखि ५ सम्मका सात सय ७६ घरपरिवारले सेवा लिँदै आएको स्वस्थ्य चौकीले जनाएको छ । जिल्लाको विकट मानिने निसीमा दलित तथा जनजाति समुदायको बाहुल्य छ ।

प्रतिक्रिया दिनुहोस्