Logo

बाबुरामको नयाँ शक्ति पार्टी घोषणा


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका छन् । पार्टी घोषणा गर्दै बाबुराम भट्टराईले नेपालमा विभिन्न काल खण्डमा भएका आन्दोलनको सम्झना गरे । भट्टराईले आदिवासी जनजाति, मधेसी थारुहट, महिला र मुस्लिमलगायत उत्पीडितले जनाएको संघर्षको उच्च सम्मान गर्ने बताउदै जनताको न्याय र मुक्तिको आकांक्षा पूरा गर्ने घोषणा गरे ।images

बाबुरामले नयाँ शक्ति नेपाल स्थापना गरेको घोषणामा भने, ‘हामी नेपाली जनताको हित र समृद्धिका लागि जेठ ३० गते आइतबार नयाँ शक्ति नेपाल स्थापना गरेको सगर्व घोषणा गर्दछौँ ।’पार्टी घोषणा सँगै बाबुरामले सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकसाथ पद तथा गोपनियताको सपथ समेत खुवाएका छन् ।
बाबुरामले नयाँ शक्ति पार्टी घोषणा गर्दै गर्दा घोषणा पत्र कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताका हातहातमा पुर्याइएको छ ।
सपथमा बाबुरामले सबैलाई निजी स्वार्थका लागि राजनीति नगर्ने आशयको सपथ खुवाएका छन् ।नयाँ शक्ति नेपालले वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य प्राप्ति गर्न प्रयत्न गर्न लगाउँदै नयाँ शक्ति नेपाल जिन्दावाद भनेर तीन पटक नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्