Logo

सत्यनिरुपण आयोगमा ४५ वटा उजुरी


३१ जेठ , सशस्त्र द्वन्द्वका समयमा यहाँका पीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका छन् । सत्य निरुपणमा ४५ र बेपत्ता छानबिनमा १२ वटा उजुरी दर्ता भएका छन् ।satya-nirupan-taha-melmilap (1)  आयोगले द्वन्द्वकालीन समयमा घटेका घटनालाई छानबिन गर्ने उद्देश्यले स्थानीय शान्ति समितिमार्फत उजुरी दिन आह्वान गरे पनि उल्लेख्य रुपमा उजुरी नपरेको स्थानीय शान्ति समिति, पाल्पाले जनाएको छ । जिल्लामा अहिलेसम्म एक सय वटा फाराम पीडितले लगेका छन् । बेपत्ता छानबिनको फाराम दर्ता यही जेठ मसान्तसम्म र सत्य निरुपण आयोगको फाराम दर्ता असार २ गतेसम्मका लागि तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्