वडाध्यक्ष रिजालको मृत्यको कारण के ?

वडाध्यक्ष रिजालको मृत्यको कारण के ?


काठमाडौं ।

काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ ।

सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।