Logo

बेनीमा बाढीबाट साढे एक करोडको क्षति


३१ जेठ । शनिबार राति आएको बाढीले बेनीबजारमा करिब रु एक करोड ५० लाखको क्षति भएको छ । भीषण वर्षासँगै आएको बाढीले बेनीका एक सयभन्दाdownload बढी पसलमा हिलो पसेको छ ।  बाढी प्रभावित भएकामध्ये ५४ वटा पसल तथा घरधनीको रु एक करोड ३८ लाखबराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस्तीमाथि रहेको अर्थुङे डिलबाट आएको बाढीले क्याम्पसचोक र मङ्गलाघाट बस्तीमा पसेर १२० घर र पसलमा असर पु¥याएको थियो । अझै क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । सबैभन्दा धेरै क्षति किराना, तरकारी, शैक्षिक सामग्री, मोबाइल, कपडा पसलमा भएको छ । यसैबीच, बेनी–पाखापानी सडकको स्तरोन्नति गर्ने क्रममा अव्यवस्थित तवरले फालिएको माटो बाढीले बगाएर ल्याउँदा बेनीस्थित क्याम्पसचोकमा थुप्रिएको माटो फाल्न थालिएको छ । 

क्याम्पसचोक ढल निर्माण उपभोक्ता समितिका सचिव ठाकुरप्रसाद शर्माले सडकमा थुप्रिएको माटो र हिलो जिविस, नगरपालिकाको सहयोगमा दुईवटा जोडर लगाएर फाल्न थालिएको बताउनुभयो । यस क्षेत्रमा थुप्रिएको माटो फाल्न कम्तीमा तीन दिन लाग्ने बताइएको छ । मङ्गलाघाट र क्याम्पसचोकमा यसअघि विसं २०६३, २०६९ र २०७२ असार ३० गते पनि बाढी पसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्