शान्ति समितिमा ४८२ उजुरी
प्रकाशित मिति : 13 June, 2016
प्रकाशित मिति : 13 June, 2016

३१ जेठ । स्थानीय शान्ति समितिको कार्यालय बैतडीमा ४८२ उजुरी दर्ता भएका छन् । आइतबारसम्म जिल्लामा सत्य निरुपण तथा मेलमेलाप आयोगका जम्मा ४१८ निवेदन दर्ता भएका छन् भने बेपत्ता आयोगअन्तर्गत ६४ निवेदन दर्ता भएका स्थानीय शान्ति समितिका कार्यालय सचिव जयन्ती कुँवरले बताउनुभयो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धपीडितको राहतका लागि आह्वान गरेको निवेदन दिने म्याद सकिनै लाग्दा बैतडीमा निवेदन दिनेको सङ्ख्या तुलनात्मक रुपमा बढ्दै गएको छ । बेपत्ता आयोगको निवेदन दिने अन्तिम म्याद असार मसान्तसम्म छ भने सत्य निरुपण तथा मेलमेलाप आयोगले निवेदन दिने अन्तिम म्याद आागाी असार मसान्तसम्म बढाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्