Logo

वडा नं ३१ बालश्रममुक्त क्षेत्र घोषित


३१ जेठ ।

काठमाडौँ महानगरपालिकाको वडा नं ३१ व्यवसायजन्य बालश्रममुक्त पहिलो वडाका रुपमा घोषित भएको छ । वडा नं ३१ को बालसंरक्षण समितिले बालश्रमविरुद्धको विश्व दिवस–२०१६ को अवसर पारेर आयोजना गरेको घोषणासभामा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले वडालाई व्यवसायजन्य बालश्रममुक्त क्षेत्रका रुपमा घोषणा गर्नुभएको हो । child-labourer1पुरानो बसपार्क क्षेत्रपर्ने उक्त वडामा व्यवसायजन्य बालश्रमिकको अवस्थाका विषयमा महानगरको सामाजिक विकास विभाग, वडा बालसंरक्षण समिति, नेपाल प्रहरी, सिविन, भ्वाइस अफ चिल्ड्रेनलगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त वडाभित्रका एक हजार १२५ वटा व्यवसायको अनुगमन तथा सर्वेक्षण गरिएको थियो । अनुगमनका क्रममा १३ जना बालबालिका बालश्रमिकका रुपमा पाइएको बताइएको छ । यसरी पाइएका बालश्रमिकलाई परिवारसँग पुनर्मिलन तथा पुनःस्थापना गरी वडालाई व्यवसायजन्य बालश्रममुक्त क्षेत्र घोषणा गरिएको हो । त्यसैगरी, अन्य वडामा अनुगमनको काम भइरहेको बताइएको छ । बालश्रम ऐन, २०५६ ले १६ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाए रु १० हजार जरिवाना र तीन महिनासम्म कैद वा दुुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । त्यस्तै, बालबालिकालाई फकाएर वा झुक्याएर जोखिमपूर्ण काममा लगाए रु ५० हजार जरिवाना र एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्