Logo

पब्लिक क्याम्पस सङ्घमा बुढाथोकी


१ असार ।

imagesनेपाल पब्लिक क्याम्पस सङ्घ कास्कीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।अधिवेशनले जनप्रकाश बहुमुखी क्याम्पस प्रमुख ऋषि बुढाथोकीको संयोजकत्वमा जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको हो । कार्यसमितिका सहसंयोजकमा कालिका बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका कावा सभापति रवीन्द्रनाथ बाँस्तोला, सचिवमा पोखरा बहुमुखी क्याम्पस प्रमुख सुनिल मर्सानी र सहसचिवमा शिवशक्ति क्याम्पस प्रमुख दीपक बाँस्तोला रहनुभएको छ । जिल्लास्थित १३ पब्लिक क्याम्पसका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक सङ्घका सभापतिको सहभागिता रहेको उक्त अधिवेशनले पब्लिक क्याम्पसको मागलाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्