Logo

धरान खानेपानी आयोजनाबारे बैठक, अन्तरक्रिया र अनुगमन


१ असार ।

धरानमा सञ्चालित खानेपानी आयोजनाबारे बैठक, अन्तरक्रिया र अनुगमन भएको छ । धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक, अन्तरक्रिया र अनुगमन भएको हो । वैठक तथा अन्तरक्रियामा अध्यक्ष तामाङले अनुगमन समितिद्धारा भएगरेका कार्यहरु र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए । त्यसैगरी आयोजना व्यवस्थापक राजु पोखरेले आयोजनाको हालसम्मको प्रगति र विद्यमान चुनौतिका बारेमा प्रकाश पारेका थिए ।a
कार्यक्रममा सांसद कृष्णकुमार राईले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्नुपर्ने बताउंदै सरकारी तहवाट गर्नुपर्ने कार्यहरुको लागि आफु सदैव तयार रहेको बताए । सांसद मिनबहादुर विश्वकर्माले विकासका लागि सकरात्मक सोंच हुनुपर्ने भन्दै आयोजनाको व्याज मिनाहा तथा अनुदान वृद्धिका लागि पहल गर्ने बताए । पूर्व सभासद किरणकुमार राईले आयोजना र धरानलाई हीत हुन्छ भने खानेपानी संस्थानका कर्मचारीहरुको जायज मागहरुलाई पूरा गरेर जानुपर्ने बताए । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य मुक्सामहाङ मेयाङवोले आयोजनाको सफलताका लागि आफुले सक्दो सहयोग गर्ने बताउंदै आयोजनामा भएका विद्यमान समस्या समाधानका लागिग वहालवाला जनप्रतिनिधिहरुले विशेष चासो दिनुपर्ने बताए । पूर्व नगर प्रमुख मनोजकुमार मेयाङवोले पाइपलाईनको कार्य संगसंगै सडक मर्मतको कार्यलाई समेत ध्यानदिनुपर्ने बताए । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रदिप भण्डारीले खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन वोर्डमा हस्तान्तरण गर्न ढिलाई गर्न नहुने बताए । वरिष्ठ पत्रकार भवानी बरालले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग सम्झौता भएबमोजिम बोर्ड विस्तार र परिषद गठन गर्नुपर्ने बताए ।b
समग्रमा आयोजनाको प्रगति सन्तोषजनक पाइएपनि नाकाबन्दी, हडताल, बजेट निकासमा ढिलाई, मन्त्रालय विभाजन लगायतका विविध कारणले लक्ष्य अनुसार प्रगति नभएकोले निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्न दिनरात गरेर काम गर्नुपर्ने, खानेपानी संस्थानको सम्पत्ति हस्तान्तरणका लागि संस्थान, बोर्ड र स्थानीय राजनैतिक दलका प्रतिनिधि समेतसंग समन्वय गर्नुपर्ने, मन्त्रालयतहवाट गर्नुपर्ने कार्यहरुका लागि सांसदद्धय राई र वि.क.ले पहल गर्नुपर्ने निष्कर्ष एवम् निर्णय भएको अनुगमन समितिका सदस्य रामकुमार आङवुहाङले बताए ।c
अन्तरक्रियामा अनुगमन समितिका सल्लाहकारहरु पूर्व नगर प्रमुख वम देवान, नेपाल रेडक्रस सोसाइटी सुनसरी सभापति उमेश थापा तथा धरान उप–महानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, आयोजना परामर्शदाता अनिल नेपाल, डिएससीका टिम लिडर मुरारीनाथ चौधरी, इन्जिनियर सुरज श्रेष्ठ, अनुगमन समितिका सदस्यहरु रामकुमार आङवुहाङ, गौरीशंकर अग्रवाल, उर्मिला प्रधान, शिला बज्रचार्य, मिनकुमार सुनुवार, अरुण कटवाल, चित्रकुमार मगर, अनुप देवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्