Logo

चार वर्षभित्र मौलाकालीका मन्दिरमा केबलकार सञ्चालनको लक्ष्य, लिजमा जग्गा लिन सुरु


२ असार

गैडाकोटको मौलाकालिका मन्दिरमा केवुलकार निर्माण हुने भएको छ । सशस्त्र प्रहरी बलले स्थापना गरेको मौलाकालिका मन्दिरमा भक्तजनहरु जाने क्रम बढ्न थालेपछि निजी कम्पनीले केबलकार निर्माण गर्न लागेको हो ।कम्पनीले चार वर्षभित्र केबलकार निर्माणसक्ने गरी उद्योग विभागमा दर्ता समेत गरिसकेको छ । गैडाकोटमा रहेको मन्दिर जान अहिले हिडेर पौने घन्टा लाग्छ । केबलकारको दुरी अढार्इ किलोमिटरको हाराहारीमा हुनेछ ।काठमाडौका व्यवसायी शंकर डंगोलको एकल लगानीमा केबलकार निर्माण हुन लागेको हो । स्थिर पूँजी १९ करोड ७० लाख, चालु पूँजी नौ करोड गरी कुल २० करोड ६० लाखमा सो केवलकारको निर्माण गर्न विभागमा अनुमति मागेको छ ।

maulakalika

बार्षिक तीनसय दिन सञ्चालन हुनेगरी दैनिक दुई सिफ्टमा केवलकार सञ्चालन गर्ने तयारी गरिएको डंगोलले बताए । उनले सो उद्योगमा ६०० केभिएको विजुली आवश्यक रहेको र विद्युत आपूर्तिका लागि चितवनस्थित विद्युत प्राधिकरणसँग खरीद सम्झौंता अन्तिम चरणमा पुगेको उनले बताए ।स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै यो केवलकार निर्माण गर्न लागेको उनले बताए। उनले देश आर्थिक गतिविधि तर्फ उन्मुख भएको र पर्यटनको क्षेत्रमा योगदान दिन आफूले केवलकार निर्माण गर्न लागेको बताए ।

बार्षिक दुईलाख ८० हजार आन्तरिक र बाह्य पर्यटकलाई सेवा दिनेगरी केबलकार निर्माण गर्न लागेको बताए। अबको ६ महिनापछि काम सुरु हुने र आगामी तीन बर्षभित्र सञ्चालनमा ल्याउने गरि काम अगाडि बढिरहेको उनले जानकारी दिए।वातावरणीय प्रभाव मुल्याङ्कनको काम सुरु भइसकेको छु डंगोलले भने ६ महिनाभित्र इआइए सकाएर निमाणमा तिब्रताका साथ लाग्नेछौं र तोकिएको समयभित्रमा काम सकेर सेवा सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।केवलकार रहने क्षेत्र जग्गा लिजमा लिने काम पनि अगाडी बढेको उनले जानकारी दिए । केवलकार सञ्चालन गर्नका लागि तीनदेखि चार विघा जग्गा लिजमा लिन लागेको उनले बताए।केवलकार सञ्चालन गर्नका लागि मौलाकालीका डेभलपमेन्ट कम्पनी प्रालिका नाममा उद्योग विभागमा कम्पनी समेत दर्ता भइसकेको छ । यो केवलकार सञ्चालन आएपछि ५५ जनाले प्रत्यक्ष रोजगारी पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्