युरो कप : ९० मिनेटपछि दुई गोल, फ्रान्स अन्तिम १६ मा
प्रकाशित मिति : 16 June, 2016
प्रकाशित मिति : 16 June, 2016

युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २-० ले हराएको हो ।
खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो । लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्यो ।
अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो ।
अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्