नाडा अटो शो २०२३ मा ३ नयाँसहित १६ ब्राण्डले सहभागिता जनाउने

नाडा अटो शो २०२३ मा ३ नयाँसहित १६ ब्राण्डले सहभागिता जनाउने


काठमाडौं ।

आगामी सातादेखि आयोजना हुने नाडा अटो शो २०२३ मा चारपाङ्ग्रे सवारी साधनबाट विभिन्न १६ ब्राण्डले सहभागिता जनाउने भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि ३१ गतेसम्म चल्ने उक्त शोमा ३ नयाँ ब्राण्ड सेरेस, मेक्सस र जी ईभीसहित १६ ब्राण्डले सहभागिता जनाउने भएका हुन् ।

पहिलोपटक नेपाली बजारमा भित्रिन लागेको सेरेसले नयाँ इलेक्ट्रिक क्रसओभर सेरेस–३ र अर्को नयाँ मिनी इभी लन्च गर्ने भएको छ ।

नाडाले छुट्टाएको चारपाङ्ग्रे सवारी साधनको स्टलमा सहभागि भएका कम्पनीहरु सुजुकी, निसान, टाटा, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड र सिट्रोन छन् । त्यसैगरी, बीवाइडी, नेटा, किया, एमजी, मेक्सस, विलिङ र जी ईभीले सहभागिता जनाउने छन् ।

यीमध्ये अधिकांश ब्रान्डले ईभीको प्रदर्शनीलाई प्राथमिकतामा राखेका छन् । अटो शोमा टाटा, बीवाइडी, एमजी, नेटा, सेरेस, किया, जीईभी जस्ता कम्पनीले नयाँ मोडलका ईभी बिक्री सुरु गर्दैछन् । यसका अलावा हुन्डाई, सिट्रोन, निसान, विलिङ, ग्रेटवाल मोटर्स, नेटा लगायतका ब्राण्डसँग प्रदर्शनीमा ईभी रहने छन् ।

६ दिनसम्म सञ्चालन हुने शोमा  ४ पाङग्रेसहित २२ वटा ब्राण्डका २ पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने जनाइएको छ ।