Logo

“राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने” – उपप्रधानमन्त्री गच्छदार


३ असार , उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मुलुकको राजनीतिक समस्या समाधान गर्न, संविधान कार्यान्वयन गर्न, पुनःनिर्माणको काम र द्रुतगतिमा विकासको कामलाई अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको स्पष्ट पार्नुभयो । download
स्थानीय निकायको निर्वाचन, सङ्घीय संसद्को निर्वाचन गराउनका लागि आवशयक ऐनहरु बनाउनुपर्ने, कतिपय ऐनलाई संशोधन गर्नुपर्ने भएकाले दलहरुबीच सहमति गर्नु पर्ने विषयमा जोड दिनुभयो ।
कसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने पत्रकारको जिज्ञासामा उहाँले सबैको सहमति भएको खण्डमा मात्र सहमतिको सरकार बन्ने नत्र वर्तमान सरकारले निरन्तरता पाइरहने स्पष्ट पार्नुभयो ।
मुलुकमा राजनीतिक स्थिरता ल्याउनका लागि संविधान संशोधन, सीमाङ्कनमा केही हेरफेर गर्नुपर्ने विषयमा जोड दिँदै आठ प्रदेशको संरचनाबाट मुलुकको प्रदेशको विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्