Logo

बरुवा खोलाको पुल निर्माणकार्य सम्पन्न


५ असार , सुनसरीको चतराबाट उदयपुरको गाईघाट, कटारी, सिन्धुली, हेटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गअन्तर्गत उदयपुरको गाईघाटस्थित बरुवा खोलाको पुल निर्माणकार्य सम्पन्न भएको छ ।
विसं २०६८ बाट निर्माणकार्य सुरु भएको बरुवा पुल हालै निर्माणकार्य सम्पन्न भएको पुल निर्माण कम्पनी हरिहरि एपेक्सले बताएको छ ।
नेपाल सरकार तथा एसियाली विकास बैंकको करिब रु सात करोड लगानी सहयोगमा निर्माण भएको उक्त बरुवा पुलको अब छिट्टै उद्घाटन हुन लागेको पुल निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । Gaighat-Diktel
नौवटा पिलरसहित निर्माण भएको उक्त आरसिसी पुलको लम्बाइ दुई सय पाँच मिटर रहेको छ भने चौडाइ सात मिटर रहेको पुल निर्माण कम्पनीले बताएको छ ।
यस्तै उक्त पुलको उचाइ करिब तेह्र मिटर रहेको पुल निर्माण कम्पनीका प्रबन्ध निर्देशक केदार दाहालले जानकारी दिनुभयो ।
पुल निर्माण सम्पन्नसँगै उक्त पुुलबाट सवारीका साधनसमेत सञ्चालन हुन थालेका छन् ।
पुल निर्माण सम्पन्नसँगै पूर्वका सुनसरी, धनकुटा सङ्खुवासभासहितका पहाडी र तराईका जिल्लाका जनतालाई उदयपुर हुँदै सिन्धुली भएर राजधानी काडमाडौँ आवतजावत गर्न सहज भएको यस क्षेत्रका जनता तथा यातायात व्यवसायी बताउँछन् ।
विसं २०७२ को असार महिनामा नै पुल निर्माण गर्ने लक्ष्य राखिएपनि झन्डै एक वर्ष ढिलो गरेर उक्त पुल निर्माण भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्