Logo

चट्याङ लागेर दुईको मृत्यु


असार -०५ हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार वल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङमा परी स्थानीय बासिन्दा पाँच जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइरहेको प्रहरीले जनाएको छ । रासस chatyang-lighting

प्रतिक्रिया दिनुहोस्