‘स्काइवेल’ इटी–५ को मूल्य १ करोड प्लस, किन भयो महंगो ?

‘स्काइवेल’ इटी–५ को मूल्य १ करोड प्लस, किन भयो महंगो ?


काठमाडौं ।

जी मोटर्सले नेपाल ल्याएको ‘स्काइवेल’ इटी–५ को मूल्य सार्वजनिक भएको छ ।

नाडा अटो शोमा प्रदर्शनी गर्न लागिएको इटी–५ को मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको हो ।

नयाँ ब्रान्डको बारेमा जानकारी दिँदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाले इटी–५ आजैबाट बुकिङ खुल्ला भएको जानकारी दिएका हुन् ।

‘हामीले प्रिमियम एसयूभी बजारमा ल्याएका छौँ । रेन्जका हिसाबले पनि यो अहिलेसम्म नेपाल आएको सबैभन्दा बढी रेन्ज भएको मोडल हो’, गेलालले भने ।

इटी–५मा ८५.९७ किलोवाट आवरको हाइडेन्सिटी लिथिएम टर्नरी थर्मोस्ट्याटिक पावर ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा ६४२ किलोमिटर रेन्ज दिने डब्लुएलटिपी परीक्षणबाट प्रमाणित भएको छ ।

जी ईभीले नेपाल ल्याउने इटी–५ एसयूभीमा १५० किलोवाटको इलेक्ट्रिक मोटर छ । ठुलो ब्याट्री र मोटर तथा प्रिमियम फिचरले भरिपूर्ण एसयुभी भएकै कारण यसको मूल्य महंगो भएको कम्पनीको दाबी छ ।

कम्पनीले आजबाट स्काइवेल इटी–५ को बुकिङ खुला भएको जनाएको छ । आगामी भदौ २६ गतेबाट सुरु हुने नाडा अटो शोमा भने एसयुभी प्रदर्शन गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले सुरुमा नै काठमाडौँको नक्साल, भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा शोरुम संचालनमा ल्याउने जनाएको छ । साथै, भक्तपुरमा सुविधा सम्पन्न शोरुम निर्माणको काम समेत अगाडि बढेको छ ।

कम्पनीले थप नेटवर्क बिस्तार गर्न बिराटनगर, नारायणगढ र ललितपुरमा डिलर नियुक्त गरिसकेको प्रबन्ध निर्देशक गेलालले बताए ।