घरभित्र लुकाएर राखेको ७ थान रिभल्वरसहित ५ जना पक्राउ

घरभित्र लुकाएर राखेको ७ थान रिभल्वरसहित ५ जना पक्राउ


बारा ।

घरभित्र लुकाएर राखेको हतियारसहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–११ भगवानपुरबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको हो।

सिम्रौनगढ–११ भगवानपुरका ४० वर्षीय उपेन्द्र पटेलले आफ्नो घरमा हातहतियारहरु लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेको थियो। पटेलको घरमा छापा मार्दा ७ थान रिभल्वर, १ थान नलकटुवा पेस्तोल र २ राउन्ड गोली फेला परेको हो।

प्रहरीले ४० वर्षीय उपेन्द्र पटेलसहित उनका भाइ २७ वर्षीय धिरेन्द्र पटेल, उनका बाबु ६२ वर्षीय रुपलाल पटेल, रौतहटको बौधीमाइ नगरपालिका–२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र सोही ठाउँका ८० वर्षीय शोभा राउतलाई पक्राउ गरेको हो।