Logo

रामचन्द्रको भेलामा देउवाशैलीको आलोचना


काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको छ वटा प्रदेशमा भएको निर्वाचनमा दोस्रो हुनमा पार्टी नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताएका छन् । बुधबार आफ्नो सम्पर्क कार्यालय अनामनगरमा भएको भेलामा उनले पार्टी नेतृत्वको कारण हार भएको स्वीकार गर्दै पार्टी सभापति शेरबहादुर देउवाले त्यसको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

भेलामा पार्टीका दुई नम्बर प्रदेशका सभासद, केन्द्रिय सदस्य र पूर्व केन्द्रीय सदस्यहरुले आ–आफ्नो गुनासो वरिष्ठ नेता पौडेल, महामन्त्री शंशाक कोइराला र कोषाध्यक्ष सितादेवी यादवसँग पोखेका थिए ।
उनीहरुले गत १८ गते भएको भेलामा पार्टी सभापति देउवाले देखाएको शैलीको आलोचना गर्दै त्यही शैली रहिरहेमा दुई नम्बर प्रदेशमा पनि हार व्यर्होनु पर्ने भएकोले सजक रहन सुझाव दिएका थिए ।

उनीहरुले टिकट वितरणमा सभापति देउवाले एकलौटी गरेको, पैसा र पहुँचको आधारमा टिकट वितरण गरिएको कारण हार व्यर्होनु परेको पनि बताएका थिए । त्यसैले दुई नम्बर प्रदेशमा टिकट वितरण गर्दा योगदान, त्याग र लोकप्रियतालाई आधार बनाउनुपर्ने सुझाव दिएका थिए । उनीहरुले दुई नम्बर प्रदेशमा टिकट वितरणमा नेता विमलेन्द्र निधीको चलखेल बढ्न सक्ने हुँदा त्यसमा विचार गर्न पनि आग्रह गरेका थिए ।

भेलामा महामन्त्री शंशाक कोइरालाले विगतमा जस्तो टिकट वितरण गर्ने बेला आफूहरु सजक रहेको र त्यसमा पार्टी सभापति देउवालाई एकलौटी गर्न नदिन आफूहरु लाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्