नेविसंघले जाजरकोटका ३ वटा विद्यालयको पुन:निर्माण गर्ने

नेविसंघले जाजरकोटका ३ वटा विद्यालयको पुन:निर्माण गर्ने


काठमाडौं।

नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित क्षेत्रका ३ वटा विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् ।

भूकम्पमा परि निधन भएका नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने शेर्पाले बताए ।

‘यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि ने.वि.सघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौ साथै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्र्पुण रुपमा पुन: निर्माण गर्न प्रतिवद्धता गर्दछौँ ‘ अध्यक्ष शेर्पाले भने,’यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहार पछि ने.वि.सघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौ ।

त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सुचना केन्द्रेको जानकारी बमोजिम पूणर्रुपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असर लाई समेत हटाउन सहयोग गर्ने पनि उनले बताए ।

यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन ने.वि.संघले सक्दो प्रयास गर्ने नेविसंघको प्रतिवद्धता छ ।

रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूणर्रुपमा क्षतिग्रस्त भई ५० हजार भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ ।