Logo

बालकुमारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 

बिहिवार अन्दाजि १२:०० बजेको समयमा जिल्ला ललितपुर बालकुमारीस्थित सडकखण्डमा कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ८१ प १६९४ नम्बरको मोटरसाईकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ४ ख ९९८४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर दुवै जनालाई वि एण्ड वि अस्पताल लगिएकोमा जिल्ला ललितपुर हरिसिध्दी घर भई हाल लुभु बस्ने २१ वर्षिय मोटरसाइकल चालक विशाल शाहीको उपचारको क्रममा १२:४५ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित ट्रक चालक प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्