नेपाल र भारत सिमा क्षेत्रमा सक्रिय कुख्यात डाका पक्राउ

नेपाल र भारत सिमा क्षेत्रमा सक्रिय कुख्यात डाका पक्राउ


महोत्तरी । कुख्यात डाकालाई पक्राउ गरी ल्याउने क्रममा भाग्न खोज्दा महोत्तरी प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । महोत्तरी प्रहरीको विशेष टोलीले रौतहटको गरुडा नगरपालिका((४ बाट खोजतलास गरी ल्याउने क्रममा महोत्तरीको सोनमा गाउँपालिका- ५ बाट गाडी परिवर्तन गर्न क्रममा भाग्दा पक्राउ गर्न महोत्तरी प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रहरीको गोली लागि जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ का कुख्यात डाका ३२ बर्षीय शक्ति पासवान र ३३ बर्षीय अजय पासवान घाइते भएको छ । रौतहटबाट पक्राउ गरी ल्याउने क्रममा सर्लाही प्रहरीको सहयोगमा सिमा कटाउन सर्लाही प्रहरीले गाडीबाट महोत्तरी प्रहरीको गाडीमा राख्न खोज्दा उनीहरु भागेपछि पक्राउ गर्न ८ राउड गोली चलाउन परेको प्रहरी उपरीक्षक प्रकाश मल्लले  जानकारी दिए

उनले भने, ‘डाकाहरु ल्याउन डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा टोली खटिएको थियो । एक गाडीबाट अर्को गाडीमा हाल्न खोज्दा उनीहरु भागे । भाग्ने क्रममा हाम्रो टोलीले नियन्त्रणमा लिन दौडादौड भयो। बाध्य भएर गोली चलाउनुपर्‍यो । गोली चलाउँदा उनीहरुको बाँया खुटाको जंघामा गोली लागेको छ । उनीहरुको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भैरहेको छ ।’ प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार पक्राउ परेको महोत्तरी, धनुषा र पछिल्लो समय रौतहटमा सहित सिमावर्ती भारतमा समेत डकैती गर्दै आएको समूह हो । उनीहरुको ७ जनाको समूह रहेको प्रारम्भिक अनुसन्धानको क्रममा छ । तर नेपाल र भारत गरी १२ जनाको समूहले एकपछि अर्को आतंक मच्चाउदै आएको हो । उनले भने, ‘यो समूहले निरन्तर एकपछि अर्को डकैतीको घटना घटाइरहेको थियो । सुरक्षा चुनौती बढेको थियो । हामीले पक्राउ गर्न दिनरात एक गर्‍यौं’ अन्नततः रौतहट भएको सूचना आयो । हामीले निरन्तर पछयायौं ।

उनीहरुले स्थान लगातार परिवर्तन गरिरहेका तर हाम्रो टोलीले रौतहटमा गएर आखिर पक्राउ गर्‍यौं । पक्राउ परेको कुख्यात डाका माथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले रौटहट गरुडा नगरपालिका ४ पानी ट्याङकीबाट नलकटुवा कटुवा पेस्तोल १ र गोली थान ४ राउण्ड समेत नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार पक्राउ परेका पासमानद्वयमाथि ११ वटा डाकाको मुद्दा रहेको छ । उनीहरुले छिमेकी मुलुक भारतमा समेत डकैती गरी फरार छ । भारतमा समेत उनीहरु माथि मुद्दा रहेको छ ।