Logo

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै


काठमाडौं : देशभर बाढीपहिरोले धनजनमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले धनजनको क्षति पुर्‍याएपछि क्षति न्यूनीकरण, राहत, उद्धार र सहयोगका लागि तत्काल कदम चाल्ने विषयमा निर्णय लिन बैठक बोलाइएको हो।

लगातारको बाढीले जनधनको धेरै क्षति पुगेकाले त्यसलाई रोक्न र पीडितलाई सहायता प्रदान तथा सहयोगको आह्वान गर्ने विषयमा ठोस निर्णय लिन साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए।

मन्त्रिपरिषद्ले पीडितलाई सहायताका लागि प्रधानमन्त्री दैवी उद्धार कोष स्थापना गर्ने, सहायताको लागि आह्वान गर्ने, उद्धार तथा राहतका लागि थप कदम चाल्न साधन, स्रोत र जनशक्ति परिचालन गर्ने लगायतका विषयमा निर्णय लिने भएको छ।

बैठकले बाढीबाट अत्यधिक जनधनको क्षति भएको ठाउँ विशेषलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष सहायताका लागि ठोस निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए।

तीन दिनदेखि परेको लगातारको वर्षाका कारण मुलुकमा ३९ जना बढीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्