Logo

बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु


काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दुई दिनमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो।

जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। त्यस्तै रौतहटमा ७, मोरङमा ५, झापा, सिन्धुली र बाँकेमा ४ र ४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्