उद्धारका लागि विराटनगर पुगे कोइराला
प्रकाशित मिति : 13 August, 2017
प्रकाशित मिति : 13 August, 2017

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पूर्बी तराईका जिल्ला पुगेका छन् । बाढीपहिरोले पिडित भएकाहरुलाई उद्धार र राहतका लागि नेता कोइराला विराटनगरलगायतका पूर्वी तराईका जिल्ला पुगेका हुन् ।
विराटनगरमा हवाई सम्पर्क पनि टुटेपछि उनी नेपाली सेनाको हेलिकप्टरबाट विराटनगर गएको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।
‘नेता कोइराला राहत र उद्धारका लागि विराटनगर पुग्नुभएको छ’ उनले भने ‘बाढीपहिरो गएको ठाँउमा आफै पुगेर राहत र उद्धारमा खटिनुभएको छ ।’
उनले पूर्बी तराईका जिल्लाहरुमा उद्धार र राहत बारे नेपाली सेनाको पूर्वी पृतना ईटहरीमा सुरक्षा संयन्त्रको बैठकमा छलफल गरी उद्धारमा लागेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्