माओवादी केन्द्रका नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

माओवादी केन्द्रका नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको २२ कात्तिकमा बानेश्वरस्थित आइपेक्स मल नजिकै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका बर्तौलामाथि खुकुरी प्रहार भएको थियो । सो घटनामा संलग्न रहेका आरोपितलाई प्रहरीले इलामको पशुपतिनगर पक्राउ परेको हो ।

बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान लाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान उद्योगमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । तीनै जानलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।