बैंकले एक सर्बसाधारणको खातामा ८२० करोड जम्मा गरिदिएपछि…

बैंकले एक सर्बसाधारणको खातामा ८२० करोड जम्मा गरिदिएपछि…

विकास टाइम्स
309
Shares

नयाँदिल्ली ।

भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ ।

भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।

युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्विकार गरेको छ ।

यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ ।

तर विशेष कुरा के छ भने युको बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ ठुलो रकम उठाउने प्रयास जारी रहेको छ ।