रोनाल्डोलाई पाँच खेलमा प्रतिबन्ध
प्रकाशित मिति : 15 August, 2017
प्रकाशित मिति : 15 August, 2017

काठमाडौं, साउन ३१ : रियल मड्रिडका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको छ। यससँगै उनले बुधबार घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेलसमेत गुमाउने छन्।
रियल र बार्सा स्पेनिस सुपरकपको दोस्रो लेगमा बुधबार उपाधिका लागि भिड्दैछन्। पहिलो लेग रियलले ३ १ ले जितेको थियो। क्याम्पनाउमा आइतबार राति भएको खेलमा रेफ्रीलाई धकेलेको अभियोगमा रोनाल्डोमाथि प्रतिबन्ध लागेको हो।
सो खेलमा दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिने क्रममा रोनाल्डोले रेफ्रीलाई धकेलेका थिए। गोल गरेपछि जर्सी फुकालेबापत पहिलो पहेँलो कार्ड पाएका रोनाल्डोले विपक्षी बार्सिलोनाको डिबक्समा डाइभ हानेको अभियोगमा दोस्रो पहेँलो कार्ड पाएका हुन्। त्यसपछि बाहिरिने क्रममा आक्रोशित रोनाल्डोले रेफ्रीलाई धकेलेका थिए।
प्रतिक्रिया दिनुहोस्