Logo

पत्रकार विपुल पोखरेलका पाँच एजेण्डा हेरौं के के हुन ?


काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्व विपुल पोख्रेलले गर्ने भएका छन् । प्रेस सेन्टर नेपालसंगको तालमेलबाट चुनावमा होमिने निर्णयमा पुगेको युनियनले दाङका पोख्रेलको नेतृत्वमा निर्वाचनमा सहभागीता जनाउने भएको हो।

अध्यक्ष प्रेस सेन्टरलाई दिने गरि भएको सहमती बमोजिम युनियनको नेतृत्व गर्दै पोख्रेल उपाध्यक्षमा भिड्ने भएका हुन् । सोमवार युनियनले पोख्रेलको नेतृत्वमा महासंघमा जाने औपचारिक निर्णय गरेसंगै पोख्रेलको चुनावी ‘रेस’ झनै बढेको छ ।

‘जीत मेरा लागि मात्रै हैन, सिंगो संगठन र तालमेललाई समेत यो निर्वाचनमा जिताउने जिम्मेवारी मेरो हो,’ पोख्रेल भन्छन् ‘मेरो यहि लक्षका साथ म चुनावी दौडमा लागेको छु ।’

के छ त पत्रकार पोखरेलका पाँच एजेण्डा

  • मर्यादित पत्रकारिता मर्यादित पत्रकार
  • जनताको सवै भन्दा वढि आसा र भरोषाको केन्द्रको रुपमा पत्रकारीता नै रहेको छ । यो जन भरोसाको पेशालाई जति वढि विस्वासिलो वनाउन सकिन्छ त्यतिनै यो पेशा प्रति जनताको सम्मान कायम रहन्छ । पत्रकारले जतिवढि मर्यादित ढंगले र समर्पित भइ पत्रकारीतालाई अगाडि वढाउछ त्यतिनै यस प्रतिको जन अपक्षामा खरो उत्रन सक्छ । तसर्थ पत्रकारीता प्रतिको नागरीक सम्मान, भरोषा र विस्वास कायम गर्न मयादित पत्रकार मार्फत मयादित पत्रकारीता को वातावरण निर्माण गर्ने हाम्रो दृढ संकल्प छ ।
  • श्रमको सम्मान व्यवसायिक पत्रकारिता हाम्रो शान
    आज आम पत्रकारहरुको कार्यक्षमता र श्रमको उचित मुल्याङ्कन हुन सकेको छैन । अधिकांस पत्रकारहरुले श्रमको वास्तविक मुल्य नपाउदा यो पेशामा सन्तुष्ट हुनसकेका छैनन् । पत्रकारले श्रम अनुसारको सम्मानित पारीश्रमीक नपाउनाले हामि पुर्ण रुपमा व्यवसायीक हुन सकिरहेका छैनौं । सन्तुष्ट पत्रकारले मात्र व्यवसायीक पत्रकारीतालाई अगाडि वढाउन सक्छ भन्ने आन्यताका साथ हरेर पत्रकारलाई श्रम अनसारको सम्मान र पारिश्रमीक उपलव्ध गराउन श्रमजिवी पत्रकार ऐन को पुर्ण कार्यन्यन आवस्यक छ । तसर्थ श्रमको सम्मान सहित व्यवशायिक पत्रकारिताको लागी श्रमजिवी पत्रकार ऐनको पुर्ण रुपमा कार्यान्वयनमा लैजाने हाम्रो प्रतिवद्धता छ ।
  • सुरक्षित समाचार कक्ष हाम्रो लक्ष्य
    आज पत्रकारहरु त्रासमा वाचिरेका छन् । यकातिर उनिहरुको पेशाको ग्यारेन्टि छैन । जति सुकै समपित भएर पत्रकारीतमा लागेपनि कतिवेला व्यस्थापन पक्षले विदा गर्ने हो त्यसको केहि ठेगान छैन । अर्कोतर्फ भौतिकरुपमा पत्रकार माथी भौतिक आकमण हुनेक्रम रोकिएको छैन । त्रासमा वसेर पत्रकारीता सम्भव छैन तसर्थ एउटा पत्रकारलाई निधक्कका साथ पत्रकारीता गर्ने वातावरण निर्माण हाम्रो प्रतिवद्धता रहनेछ ।
  • जनताको मान सूचनाको सम्मान
    सुचना लोकतन्त्रको आधार स्तम्भ हो । सुचनाले नागरीकलाइ सशक्त वनाउछ । नागरीक ससक्तिकरण वाट मात्र लोकतन्त्रले स्थायीत्व पाउछ । तसर्थ नागरीक ससक्तीकरण माफर्त लोकतन्त्रको स्थायीत्व र पारदर्शि जवावदेहि र उत्तरदायी सरकार निर्माणको लागी निर्वाधरुपमा सुचना संप्रेशणको वातावरण निर्माण हाम्रो लक्ष हो । तर्सथ नागरीकको सुचनाको चाहानालाई सम्मान गर्दै निर्वाधरुपमा सत्य तथ्य आधिकारीक र विस्वासिलो सुचना सम्प्रेणको वातावरण निर्माण गर्न हामी प्रतिवद्ध छौ ।
  •  हाम्रो आवाज ट्रेड युनियनवाद
    पत्रकारीता श्रमको व्यवसाय हो । तर्सथ श्रमको उचित मुल्याङ्कनको लागी श्रमजिवी पत्रकार हरुको साझा संगठन नेपाल पत्रकार महाँसंघलाई ट्रेड युनियनको अवधारणामा लैजान जरुरी छ । यस विषयमा महासंघले औपचारीकरुपमा अझै वहस चलाउन सकेको छैन । यसलाई व्यापक वहसमा लगेर पत्रकार महाँसंघलाई ट्रेड युनियन अवधारणामा लैजाने हाम्रो अभियान रहने छ ।
प्रतिक्रिया दिनुहोस्