मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
प्रकाशित मिति : 16 August, 2017
प्रकाशित मिति : 16 August, 2017

उर्लाबारी : ३२ साउन / मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन् । बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्