लोपोन्मुख प्रजातिको अजिङ्गर फेला
प्रकाशित मिति : 16 August, 2017
प्रकाशित मिति : 16 August, 2017

कञ्चनपुर : ३२ साउन / कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ ।
स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो । स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए ।
अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले बताए। अजिङ्गर निकुञ्ज क्षेत्रबाट आएको हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्