Logo

राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्दै चिनियाँ उपप्रधानमन्त्री


काठमाडौं , ३२ साउन : नेपाल भ्रमणमा रहेका चीनका उपप्रधानमन्त्री वाङ याङले आज महत्वपूर्ण भेटवार्ता गर्नु हुने भएको छ । याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टछुट्टै भेटवार्ता गर्नेछन् ।

निर्धारित तालिकाअनुसार प्रधानमन्त्री देउवासँग अपरान्ह ३ बजे र राष्ट्रपति भण्डारीसँग अपरान्ह ४ बजे भेटवार्ता हुनेछ । याङले हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटघाट गरेका थिए ।

यसैबीच, चिनियाँ उपप्रधानमन्त्री याङ राष्ट्रिय आर्युवेद प्रयोगशालाको अवलोकन गर्न कीर्तिपुर जाँदै छन् । आजै नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्