Logo

गिरिजाप्रसादपछि बल्ल कोइराला परिवारको सानिध्यता पाए विराटनगरवासीले


काठमाडौं राष्ट्रनायक गिरिजाप्रसाद कोइरालाको निधनपछि विराटनगर क्षेत्रले कोइराला परिवारको सानिध्यता पाउन छोडेको थियो । तर, यसपटकको बाढीपहिरोको कारण विराटनगरबासीले अर्को कोइरालाको सानिध्यता पाएका छन् ।

कोइराला परिवारका सदस्य डा. शेखर कोइरालाले अहिले विराटनगरवासीको सेवामा जुटेपछि विराटनगरवासीले पनि फेरी कोइराला परिवारको साथ पाएको महसुस गर्न पाएका छन् ।

तीन दिनको अविरल वर्षापछि आएको बाढी पहिरोले आक्रान्त बसेका विराटनगरवासीलाई शुरुकै दिनदेखि डा. कोइरालाले उद्धार र राहत वितरण गरेका थिए । जसका कारण विराटनगरवासीले सन्तोषको श्वास फेरेका छन् । उनीहरुले फेरी पनि कोइराला परिवारको साथ पाउन लागेकोमा खुशी पनि भएका छन् ।

डा. शेखर कोइरालाले बुधबार विराटनगर महानगरपालिका वडा नं. ४, इकराहीमा विहानै स्वास्थय शिविर गरे । उनले आफू पनि डाक्टर भएकोले त्यहाँ विरामीहरुको जाँच पनि गरेका थिए । त्यहाँ उनले खाद्यान्न र ५० वटा टेन्ट वितरण पनि गरेको थिए ।

त्यसपछि उनले एयरपोर्ट वरिपरिका नालामा रुख उम्रिएको कारण पानी बग्ने ठाँउ नभएपछि पानी बस्तीमा जाने भएकोले त्यसको सरसफाईमा जुटे । त्यसपछि सवैभन्दा बढी क्षति भएको बैजनाथपुरमा पनि गएर राहत वितरण गरेका थिए ।

राष्ट्रनायक गिरिजाप्रसाद कोइरालाको गाँउ अलि टाढा पर्ने भएकोले राहत सामाग्री जम्मा गरेर त्यहाँ पनि पुग्ने उनको कार्यक्रम रहेको छ ।

हिजो उनले मोरङको छ र सात नम्बर निर्वाचन क्षेत्रमा उनले प्रत्यक्ष त्यहाँका पीडितहरुसँग सल्लाह गरेर राहत वितरण गरेका थिए ।

‘सरकारले दिएको राहत पर्याप्त नभएकोले उहाँ आफै राहत कार्यमा जुटिरहेका छन् । डा. कोइरालाले भने ‘साथीभाईहरुसँग मागेर त्रिपाल, कपडा र खाद्यान्न जुटाएर राहत वितरण गर्दै आइरहेको छु ।’

उनले बुढी खोला र सिगायी खोलामा तटबन्धन गर्ने काम पनि अघि बढाएका छन् । यी दुई खोलाको कारण विराटनगर डुबानमा परेकोले प्राविधिक टोलीको सहयोगमा तटबन्धन शुरु गरेका हुन् । बढी खोलामा १७ किलोमिटर र सिगायी खोलामा पाँच किलोमिटर तटबन्धन गर्न लागेको पनि उनले जानकारी दिए ।

उनी आइतबार नै नेपाली सेनाको हेलिकप्टरबाट विराटनगर गएर उद्धार कार्यमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्