राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि
प्रकाशित मिति : 17 August, 2017
प्रकाशित मिति : 17 August, 2017

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पार्टी अध्यक्ष थापाले आफ्नो गृहजिल्ला हेटौंडामा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
पार्टी विभाजनको ११ दिनपछि बोलाइएको बैठकमा राप्रपा प्रजातान्त्रिकलाई पार्टी विभाजनका लागि ४० प्रतिशत पुग्न नदिने रणनीति रहेको श्रोतले बताएको छ ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले आइतबार ४० प्रतिशत केन्द्रीय सदस्यको आधिकारिक नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । बैठकमा पार्टी विभाजन, संविधान संशोधनलगायत विषयमा छलफल हुने राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।
बैठकको तयारीका लागि अध्यक्ष कमल थापासहितका नेताहरु हेटौंडा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्