Logo

महासंघमा प्रेस युनियनबाट को को भिड्दैछन् ?


काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघकोआसन्न २५ औ महाधिबेशनको लागि बाँकी उम्मेद्वार चयन गरेको छ ।

युनियनले खुल्ला सदस्यमा लक्ष्मण कार्की, नकुल अर्याल र हरिहर सिहं राठौर, मधेसी सदस्यमा अवधेश झा, अपाङमा माधव चौलागाइ, अल्पसङ्ख्यकमा मोहम्मद इजहार हक मिक्रानी र दलित सदस्यमा सुर्य बिक, प्रतिष्ठान सदस्यमा यम बिरहिको नाम टुङ्गो लगाएको युनियनका उपाध्यक्ष विजय सन्तोशी राइले जानकारी दिए ।

यस्तै प्रदेस अन्तर्गत २ नम्बरबाट सैलेन्द्र झा, ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुसोत्तम सुवेदी, ६ मा कलेन्द्र सेजुवाल र उपत्यकाबाट श्रीजन झा को नाम तय गरेको उनले जानकारी दिए ।

महिला सदस्यमा सिर्जना अर्याल र जानुका बरालको भिडने भएका छन् । अर्याल युनियनकी केन्द्रीय सदस्य र बराल ललितपुर सभापति हुन् ।

यस्तै लेखा समिती सदस्यमा मिरा राजभन्डारीको नाम तय गरेको छ । प्रदेश नम्बर १, ७ र जनजाती एशोसिएट सदस्यको नाम शुक्रबार टुङ्याइने छ ।

अधिबेशनमा युनियनले प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघसँग संयुक्त प्यानल बनाएर चुनाव लडदैछ ।

प्रेस सेन्टरका गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउँदै लोकतान्त्रिक(प्रगतीशील व्यवसायिक गठबन्धन चुनावमा उत्रिएको हो ।

बुधवार संयुक्त पत्रकार सम्मेलन गर्दै प्रेस युनियनका विपुल पोखरेललाई उपाध्यक्ष र दिलीप थापामगरलाई समावेशी उपाध्यक्षमा उतारेको छ ।

त्यस्तै महासचिबमा युनियनकै रमेश विष्ट र खुल्ला सचिबमा रामप्रसाद दाहाललाई उम्मेदबार बनाएको छ । आदिवासी जनजाती सचिबमा उदय जीएम, सचिब महिलामा लक्ष्मी पुनलाई मैदानमा उतारेको छ ।

यता कोषाध्यक्षमा युनियनका राजेश मिश्र छन भने मधेसी सचिबमा शीतल महतोको उम्मेदवारी घोषणा गरिएको छ । गठबन्धनले एसोसिएट र दलित सचिबलगायतका पदहरु टुङग्याएको छैन् । तीन संगठनको संयुक्त गठबन्धन पार्षद अर्थात मतदाता संख्याका हिसाबले बलियो बनेको छ ।

उता प्रेस चौतारीले तीर्थ कोइरालालाई अध्यक्षको रुपमा उभ्याएको छ ।

प्रतिक्रिया दिनुहोस्