Logo

सचिव फेर्दै गृह मन्त्रालय


काठमाडौं : गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मन्त्रालयले हटाउने भएको छ । मन्त्रालयको काममा असहयोग गरेको भन्दै गृहमन्त्री जनार्दन शर्माले हटाउने तयारी गरेको हो ।

मुख्यसचिवको दाबेदार रहेका सचिव रेग्मीलाई तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीले गृहमन्त्रालयमा ल्याएका थिए । गृहमन्त्री निधीलाई उनले असहयोग गरेका थिए ।

रेग्मीले गृहमन्त्राय मातहतका काममा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्देशन मान्ने गरेको गृहस्रोतले जानकारी दियो ।

गृहमन्त्री जनार्दन शर्माले सचिव रेग्मीलाई गृहबाट हटाउन सुरुदेखी खोजेपनि प्रधानमन्त्री देउवाको आग्रहका कारण उनलाई केही समय जिम्मेवारीमा राखेका थिए । पछिल्लो समय प्रहरीको सरुवा–बढुवामा गृहसचिव रेग्मीले असहयोग गरेको भन्दै मन्त्री शर्मा उनीसँग रुष्ट भएका हुन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार रेग्मीको ठाउमा सामान्य प्रशासन मन्त्रालयका सचिव मोहन सापकोटालाई गृहमन्त्रालयमा ल्याउने तयारी मन्त्री शर्माले गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्