सडक बालबालिका र महिलालाई दर
प्रकाशित मिति : 19 August, 2017
प्रकाशित मिति : 19 August, 2017

काठमाडौं : ‘प्रत्येक नेपाली सहयोगी मन छ’ नामक संस्थाले आज गरिब र दीनदुःखी वालबालिका तथा वृद्धालाई दर खुवाउने कार्यक्रम गरेको छ ।
संस्थाले हिन्दु नेपालीहरुको पर्व हरितालिका तीजको अवसर पारेर काठमाडौँका विभिन्न क्षेत्रमा रहेका बालबालिका तथा वृद्धालाई आज वत्तिसपुतलीस्थित राममन्दिरमा तिजको दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतको प्रयोग गरी जुटाएको रु एक लाखले उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाका संयोजक मानव अधिकारकर्मी दुर्गानाथ दाहालले जानकारी दिए ।
संस्थाले आजै सडकमा भएका बालबालिका र वृद्धालाई कपडा प्रदान गर्नुका साथै कपाल काटी श्रृंगार समेत गरिदिएको थियो । यसअघि पनि संस्थाले सडकमा रहेका वृद्धवृद्धा र बालबालिकालाई अरु संस्थाको सहकार्यमा उपचार र बसोबासको व्यवस्था मिलाउने कार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्