Logo

सशस्त्रमा सरुवा, को डिआइजी कहाँ पुगे


काठमाडौं : सशस्त्र प्रहरीका ९ प्रहरी नायब महानिरिक्षक डिआइजीको पदस्थापन तथा सरुवा गरिएको छ । गृहमन्त्रालयको साउन ३२ गतेको मन्त्रीस्थरको निर्णय अनुसार सरुवा तथा पदस्थापन भएको सशस्त्रका अधिकारीहरुलाई आज सशस्त्र मुख्यालयले सरुवा तथा पदस्थापनको पत्र थमाएको छ ।

सरुवा गरिएका डिआइजीहरुमा निराकारम बिक्रम शाह सशस्त्र प्रहरी बल प्रधान कार्यालय राजश्व भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालय, खडानन्द चौधरी सशस्त्र प्रहरी प्रधान कार्यालय सिमा सुरक्षा बिभाग, बाबुराम पाण्डे शशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय मा खटाइएको छ ।
त्यस्तै पदस्थापन गरिएका डिआइजीहरुमा चिरञ्जीवि अधिकारी सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग, नगेन्द्र बहादुर थापा शसस्त्र प्रहरी बल प्रधान कार्यालय सिमा सुरक्षा बिभाग, राजुराम सुवाल सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी कार्यालय, प्रविण कुमार श्रेष्ठ सशस्त्र प्रहरी बल प्रधान कार्याल मानवश्रोत विकास बिभाग, कबिन्द्रमान श्रेष्ठ सशस्त्र बल प्रधान कार्याल, प्रशासन विभागमा पदस्थापन गरिएको छ ।
त्यस्तै सशस्त्रकै १० एसएसपीको पदस्थापन, ३ एसएसपीको काजमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्